Friday, February 24, 2012

गल्तिहरु (My Mistakes)

कती धेरै गल्तिहरु गरिएछ


पृष्ठभुमि

मध्यम वर्गको परिवारमा जन्मिएर पनि मलाइ कुनै कुराको कमी थिएन । खानेकुरा देखी लिएर लाउने, खेल्नेकुरामा कहिले नि कमी गर्नु भएन बाबा ममीहरुले । जब school life सकियो अनि के गर्ने कसो गर्ने भन्ने कुरा आए ।



मेरो पहिले देखिको शोख भनौ वा इच्छा भनेको science (physics) तिर नै थियो अथवा भनौ engineering नै पढ्ने थियो । तर सबैको घरको जस्तै हाम्रो नि समस्या भनेको आर्थिक कुरा नै थियो । काठमाण्डौ बाहेक अरु नै कुनै बिकल्प खोज्ने प्रयास गर्यौ । र धरानमा पनि engineering study हुन्छ भन्ने थाहा पाएर ढुक्क भए अनि entrance को त के कुरा आफ्नै subject हरु नै त थिए । राम्रो नपढे पनि पुरै confidence थियो नाम निकाल्ने कुरामा । चाहेजस्तै नाम पनि 5th number मै निस्कियो त्यो पनि सरकारी कोटामा र खुसी साथ पढ्न नि गइयो ।

अब फेरी समस्या भयो पढाइ सकिएर के गर्ने भन्ने बिषयमा । अब सानोतिनो engineer अथवा computer oversheer त भइसकिया थियो तैपनी आफ्नो रुचिको बिषय भएकोले यतिमा मात्र सिमित रहना मन लागेन र फेरी पढाइलाइ नै निरन्तरता दिनको लागी अब पक्का engineer नै बन्ने चाहना जागेर आयो । अनि फेरी uncle ले नै अलिकती आर्थिक सहयोग गरिदिने कुरा गर्नु भएपछी अब के खोज्छस कानो... भनेको जस्तो भयो अनि further study (BE) को तयारी तिर लागियो ।

नाम निकाल्न नसकिए नि पढ्छु भन्ने भएकोले अब कलेजहरु खोज्दै जादा हिमालय कलेजमा electronics engineering मा भर्ना गरियो र आज (२०६८-फागुन्-११) सम्म अध्ययनरत छु र (२०६९- अशोज) मा यहा बाट pass out भइनेछ ।

सुरुवात्

पहिलो कुरो त म engineering नै पढ्छु भन्दाभन्दै diploma level मा जानु नै नपर्ने थियो । त्यो diploma course complete गर्न चार बर्षको समय लाग्यो जब कि +2 गरेको भय दुइ बर्षमै सकिनेथियो ।

त्यसपछी धरान बाटै 5th semester मा नै साथी सङगै BE Entrance दिएर नाम निक्लदा पनि काठमाण्डौ आएर कुनै कलेज भर्ना नहुनु मेरो ठुलो गल्ती भयो ।

यतिसम्म त खासै केही भएको थिएन खाली अलिकती समय धेरै लग्यो भन्ने मात्र थियो ।

त्यसपछिको मेरो ठुलो दुर्भाग्य भन्नु हीमानीलाइ भेट्नु आर्थत एउटा केटिलाइ भेट्नु हो । मैले यो कुरामा खासै interest त लिएको थिइन त्यसमाथी काठमाण्डौ आउनासाथ मलाइ आण्टीले केटिहरुको पछी चाही नलाग्नु है भन्ने सल्लाह दिनु भएको थियो ।

तर म बिचरा लाई के थाहा केटीको चक्करमा परेपछी के हुन्छ भनेर । पहिलो पटक उनिलाइ देख्दा त सामान्य नै लागेको थियो अनि फेरी अरु केटाहरुले जिस्काइ राख्थे कोकस्को नाम बाट त्यसैले मैले नि वास्ता गरेको थिइन । पछी उनि नै नजिकिदै आएजस्तो लाग्यो । म पनि के कम भन्दै आघी बढ्दै थिए ।

यती बेला सम्म उनिको बारेमा कलेजमा अरु काण्डहरु पनि नसुनेको होइन अनि यस्तो चाला देखेर अरु कती साथिहरुले मलाइ नसम्झाएको पनि होइन । यस्तो हुदाहुदै पनि म उसैको बोलिमा लागिरहे । यसलाइ त म जिन्दगी कै सबै भन्दा ठुलो गल्ती गरे भनेर भन्दा फरक नपर्ला ।

त्यतिबेला उनिले मेरो कोठा मै आएर निकै दिन को चहलपहल पछी मैले I Love You भनेको थिए अनि यसको बद्ला पनि I Love You TOO त आइसकेको थियो ।

पछी त खै के भयो सानोतिनो misunderstanding हो कि के हो मैले त सकेसम्म बुझ्ने नै प्रयास गरेको थिए । अलि अलि त गल्ती गरे होला तर त्यसलाइ बुझेर सुधार्ने मौका खोज्दै थिए । मैले त साचो माया गरेको थिए उनिलाइ । आफ्नो मुटु दिइसकेको थिए । सधै साथ दिने कसम पनि खाएको थिए । म उनिलाइ बुझ्न चाहन्थे तर उनि त्यतिकै पर पर हुन्थी र म नजिकिने क्रममै त्यो भन्दा धेरै अरु गल्तिहरु गर्न बाध्य भए ।

Breakup भन्यौ भनेर उनि मलाइ नै दोष दिन्छिन जुन मैले त कहिले सोचेको पनि थिएन त्यो शब्द त उनि आफैले नै निकाले पनि मैले त्यसो होइन भनेर प्रष्ट्यएको पनि थिए ।

सनोतिनो कुरा मै म हिर्काउछु भनेर जिस्कदा पनि साच्चै लगेर उनि को मुखमा घाउ भयको थियो । त्यो गल्ती को लागी त मैले कती कती sorry मागेको थिए ।

पछी पनि उनि बोल्न नचाहदा नचाहदै मैले कती call गरे अनि कती message हरु पनि गरेको थिए र आज सम्म पनि यो गल्ती बरम्बार दोहर्याइ राख्याछु ।

class time भरी उनि लाई नै हेरिराख्या हुन्छु । सर आफ्नो सुरमा पढाउनुहुन्छ म भने आफ्नै सुरमा उनिलै हेर्दै कल्पिराखेको हुन्छु ।

पलपलमा उनिकै सम्झनाको कारण कती exams हरु नि बिगारे अनि पढाइ प्रती बितृष्णा जगाउने काम गरिरछु ।

बाबु आमाको सपना र uncle aunty को अपेक्षहरुलाइ साकार पार्नको निम्ती केही गरेर देखाउने बेलामा जाबो एउटा केटिको निम्ती म कुन हद सम्मको गल्ती गर्दै छु । अकल्पनिय छ ....

दिन प्रती दिन गल्ती माथी गल्ती गरिरहेछु ।

आज (२०६८-फागुन्-११) गते, भोली assesment को लागी पढ्न भनेर बसेको थिए तर ....

यस्तो अवस्थामा कसको के लाग्दो रहेछ र.......

ओहो १ पो बजिसकेछ अब त सुत्न जानु पर्यो है भोली बिहान छिटै उठेर पढ्नु पर्ने छ अनि assignment सार्नु पनि पर्नेछ O God Help me...

No comments:

Post a Comment