Tuesday, May 19, 2015

लेखेकै छैन भने कस्को के लाग्ने रैच त

हुन त म येस्तो लेखेको, भाग्य, लगन जस्ता कुरा नपत्याउने मान्छे । जे गर्छु आफ्नै कर्मले गर्ने सोचाई राख्छु । आज सम्म ज्योतिश अगाडी पुगेको छैन । अनि येसो सम्झन्छु, खोइ के चै भैइरहेछ । कुनै कुरा को अत्तो पत्तो छैन ।

एउटा राम्रो दिगो काम गर्नु लागेपछी घर परिवारमा बुवा आमाको लागी केही गर्ने अनि राम्रोसँग घरजम गरेर बसौ भन्ने सोचाइ मेरो ।

सोचेको जस्तो त कहा हुने रैछ र । पटक पटक लडाइ गर्दै जानु पर्ने जिवनसँग । 


ठिकै छ म नि हार्ने छैन । 
तर अब चै ज्योतिश बाजेकै शरणमा गएर भाग्यमा के लेखेको छ पत्ता लाउनु पर्ने भो ।
सधै लन्ठुराम मात्र भइयो । 

एउटा होइन दुइटा होइन, चार चार जना सम्म नि तेस्तै त नुहुनु पर्ने हो ।
लव गर्नु लेखेकै छैन भने कस्को के लाग्ने रैच त ।

No comments:

Post a Comment